एक दिवसीय सिरिजको पहिलो खेल यूएईसंग खेल्दै नेपाल

न्युजलय २८ कार्तिक २०७९, सोमबार ०१:०९ मा प्रकाशित

काठमाडौं । आज नेपालले पाहुना टोली यूएईसँग पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्दैछ ।


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार बिहान ९ बजेदेखि पहिलो खेल सुरु हुनेछ । त्रिवि मैदानमा नेपाल र यूएईबीच तीन खेलको सिरिज हुनेछ ।


नेपाल र यूएई एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि परिचित टोली हुन् । अहिलेसम्म भएका ६ प्रतिस्पर्धामा नेपाल दुईमा विजयी हुँदा चार खेलमा यूएई विजयी भएको छ ।


नेपाल भ्रमणमा रहेको युएईसँगको दोस्रो खेल बुधबार र तेस्रो शनिबार हुँदैछ । पहिलो खेलमा जित दर्ता गर्दै सुखद् सुरुवात गर्ने तयारीमा दुवै देश रहेका छन् ।