झापा । हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गर्दा झापामा एकजना वृद्धाको मृत्यु भएको छ।
सरकारको यसपटक हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियान झापा सहितका सात जिल्लामा चलिरहेको छ।
बिहीबार भद्रपुर १ निवासी ६५ वर्षीया महिलाको हात्तीपाइले विरुद्धको औषधी सेवनपछि स्वास्थ्य जटिलता देखिएको र स्वास्थ्य संस्थामा लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ।
अहिले मृतकको शव पोस्टमाटमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको बताइएको छ।
तर, हात्तीपाइले विरुद्धको औषधी सेवनकै कारण बिरामीको मृत्यु भएको वा अन्य कारणले मृत्यु भएको हो भन्ने विषय अहिलेसम्म पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।