गायन रियालिटी शोमा थपियो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’

न्युजलय ३० असार २०७९, बिहिबार १२:२६ मा प्रकाशित

काठमाडौं । गायन सम्बन्धित नयाँ रियालिडी ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’को प्रशारण सुरु भएको छ । 

गत साताबाट नेपाल टेलिभिजन मार्फत यो रियालिटी शो दर्शकमाझ आउन थालेको हो । यसको बिजेताले २५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यो रियालिटी शोको निर्णायकको रुपमा पप गायनबाट संजय श्रेष्ठ, सुगम सँगीतबाट सत्यराज आचार्य, स्वरुपराज आचार्य र आधुनिकबाट मिलन नेवार रहेका छन् ।

पछिल्लो समय नेपाली टेलिभिजनका पर्दाहरुमा विदेशी फ्रेञ्चाइज युक्त गायनसँग सम्बन्धित धेरै रियालिटी शो आईरहेको बेला यो बिशुद्ध नेपाली रियालिटी शो भएको आयोजक पक्षको कथन छ ।

यो शो मा अन्य रियालिटी शो मा प्रतिभा देखाइसकेका स्टार प्रतिभालाई मात्र स्थान दिईएको छ । निर्देशक श्रेष्ठले आफ्नो कार्यक्रम नेपालको मौलिक रियालिटी शो रहेको दाबी गरेका छन् । 

कार्यक्रमलाई विवेकसिंह ठकुरी र केन्जल मेहर श्रेष्ठले सञ्चालन गर्दै आएका छन् । ३२ एपिसोडसम्म चल्ने यो प्रतियोगिताका विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाउने पनि निर्देशक श्रेष्ठले बताएका छन् ।