काठमाडौँ । फुटबलर क्रिस्टीयानो रोनाल्डोको नवजात छोराको निधन भएको छ । म्यानचेस्टर युनाइटेडका स्ट्राइकर रोनाल्डोले सामाजिक सञ्जालमार्फत छोराको निधन भएको जनाएका हुन् ।
रोनाल्डोकी पार्टनर जर्जिना रोड्रिगेजले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी थिइन् तर एकको निधन भएको हो । तर जन्म लिएकी रोनाल्डोकी छोरी भने जिवितै रहेकी छन् ।
रोनाल्डोले अभिभावकका लागि सबैभन्दा ठूलो पीडा भएको प्रतिक्रिया दिएका छन् ।