काठमाडौँ । सुनको मूल्य आज स्थिर छ भने चाँदीको मूल्य केही घटेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य तीन लाख ११ हजार ३०० कायम भएको छ । मङ्गलबार पनि यही मूल्यमा कारोबार भएको थियो ।
आज एक तोला चाँदी पाँच हजार ३७० मा खरिदबिक्री भइरहेको छ । हिजो त्यति नै परिमाणको चाँदी पाँच हजार ४०५ मा किनबेच भएको थियो ।