काठमाडौँ । बुधबार कोशी, बागमती र गण्डकी प्रदेशमा पहाडी तथा उच्च पहाडी क्षेत्रका केही ठाउँमा वर्षा भइरहेको छ ।
यी प्रदेशमा उच्च हिमाली भागमा हिमपात समेत भइरहेको छ । उता पश्चिम तथा सुदूरपश्चिमका क्षेत्रहरूमा भने बादल लागिरहेको मौसमविद्को भनाई छ ।
भूमध्य सागरबाट आएको जलवाष्पयुक्त वायु र स्थानीय बादल बन्ने प्रणालीबाट हाल देशका विभिन्न ठाउँमा वर्षा र बदली भइरहेको मौसमविद्ले जानकारी दिए । वर्षा र बादल लाग्ने क्रम झन्डै ३ दिनपछि हटेर जाने बताइएको छ । ।