एजेन्सी । कुवेतमा विषाक्त मदिरा सेवनका कारण १२ जना नेपालीको ज्यान गएको छ भने करिब ३० जना उपचाररत छन् । गत साता ‘मेथानोल’ मिसिएको अवैध मदिरा सेवनबाट विभिन्न देशका २३ आप्रवासीको मृत्यु भएको छ भने १६० भन्दा बढी प्रभावित भएका थिए ।
कुवेत सरकारको अभियानमा अवैध मदिरा उत्पादन तथा बिक्रीमा संलग्न ६७ जना पक्राउ परेका छन्, जसमा नेपाली समेत छन् । छापा मार्दा ६ वटा अवैध कारखाना नियन्त्रणमा लिइएको छ ।
उपचाररत सबै आप्रवासीलाई देश निकाला गरी कुवेत प्रवेशमा प्रतिबन्ध लगाउने तयारी भइरहेको कुवेती अधिकारीहरूले जनाएका छन्। हाल कुवेतमा करिब १ लाख ६० हजार नेपाली कार्यरत छन् । यो घटनामा धेरै संख्यामा नेपाली पर्नुले भोलिका दिनमा नेपालीलाई कुवेट लाने क्रममा अवरोध सृजना हुन सक्ने अनुमान गरिएको छ ।