महेन्द्र मोरङ क्याम्पसमा औंलाको टुक्रा भेटिएपछि अनुसन्धान सुरु

न्युजलय २६ माघ २०८०, शुक्रबार ०९:१३ मा प्रकाशित

विराटनगर । विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पस परिसरभित्र काटिएको औलाको टुक्रा फेला परेको छ। मोरङ प्रहरीका अनुसार स्ववियू भवन नजिकै शुक्रबार बिहान औँला जस्तो देखिने वस्तु फेला परेको हो ।


मानिसको जस्तो देखिने औँलाको टुक्रा फेला परेपछि अनुसन्धान सुरु गरिएको छ ।


मानव अङ्गको टुक्रा जस्तो देखिने भएपनि कहीँ कतैबाट कसैले ल्याएको वा त्यहीँ काटिएको भन्ने कुनै टुंगो नभएको प्रहरीले जनाएको छ । फेला परेको वस्तुको पहिचानका लागि ल्याब पठाएको प्रहरीको भनाई छ । ल्याबमा परिक्षणपछि बाँकी कुरा खुल्ने बताइएको छ ।