निफ्राको शेयरमूल्य उच्चदरले बढ्यो

न्युजलय २४ माघ २०७८, सोमबार ०१:०६ मा प्रकाशित

काठमाडौं । सोमबार(आज) नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य बढेको छ । यस दिन बैंकको शेयरमूल्य उच्च दरले बढेको हो ।

पछिल्लो समय निरन्तर घटिरहेको बैंकको शेयरमूल्य आज बढ्न पुगेको छ । 

यस अवधिमा निफ्राको शेयर ४ दशमलव ४७ प्रतिशतले बढेर प्रतिशेयरमूल्य ३९७ रुपैयाँ पुगेको छ । यस दिन यस अवधिमा बैंकको ६ लाख ४४ हजार कित्ता शेयर खरिद माग आउँदा ८९ हजार कित्ता बिक्री आदेश रहेको छ ।