नेप्से ६१ अंकले बढ्यो

न्युजलय २४ बैशाख २०८२, बुधबार ०३:१७ मा प्रकाशित

काठमाडौं । सेयर बजारमा उच्च अंकको सुधार आएको छ ।  बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६१.२६ अंक अर्थात् २.३४ प्रतिशतले बढेर २६७२.७० विन्दुमा रोकिएको छ ।

बुधबार सूचकसँगै कारोबारमा पनि सुधार आएको छ । आज नेप्सेमा कुल १० अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन मंगलबार भने नेप्सेमा कुल ८ अर्ब ५६ करोडको कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएकामध्ये २२७ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको मात्रै घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ ।