काठमाडौं । यो साता सेयर बजार परिसूचक नेप्सेमा १३ अंकको वृद्धि भएको छ ।
अघिल्लो साताको अन्तिम कारोबार दिन २ हजार ४२ अंकमा रहेको नेप्से सूचक यो साता १३.४६ अंकले बढ्दै २ हजार ५५.५३ अंकको विन्दुमा उक्लिएको छ ।
यस साताको कारोबार रकममा समेत सुधार हुँदै २० अर्ब १४ करोड ७ लाख ७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यो साता सेयर बजारले केहीँ लय समातेसँगै मार्केट क्यापिटलाइजेशन समेत बढेको छ । यो सातामा २४ अर्ब २३ करोड १० लाख रुपैयाँले मार्केट क्यापिटलाइजेशन बढ्दै ३० खर्ब १० अर्ब ४३ करोड १० लाख रुपैयाँ पुगेको हो ।
अघिल्लो साता मार्केट क्यापिटलाइजेशन २९ खर्ब ८६ अर्ब १९ करोड ५० लाख रुपैयाँमा अडिएको थियो ।