बंगलादेशमा हिन्दुमाथि हमलाः मन्दिर, घर तथा पसलहरुमा तोडफोड

न्युजलय २९ असोज २०७८, शुक्रबार ०१:०० मा प्रकाशित

एजेन्सी । बंगलादेशमा भड्किएको हिंसापछि हिन्दु धार्मिकस्थलहरुमा तोडफोड हुनुका साथै अल्पसंख्यक हिन्दुहरुमाथि हमला भएको छ । एक फेसबुक पोष्टका कारण हिंसा भड्किएको स्थानीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।

बंगलादेशको कोमिल्ला जिल्लामा एक दुर्गा पूजास्थलमा कुरानको अपमान गरिएको हल्ला फैलिएपछि हिंसा भड्किएको थियो ।

हिंसामा परी ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुई जना गम्भीर घाइते छन्।

प्रहरीका अनुसार कैयौँ हिन्दु मन्दिर, घर तथा पसलहरुमा तोडफोड भएको छ। तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ।