हाउसफुल चलिरहेको दिमाग खराबको प्रदर्शन किन रोकियो ?

न्युजलय ३० कार्तिक २०८०, बिहिबार ०८:४६ मा प्रकाशित

काठमाडौं । नेपालका हलहरुमा हाउसफुल चलिरहेको चलचलित्र दिमाग खराबको प्रदर्शन रोकिएको छ । सिनेमा हल सञ्चालकसँग दुई वटा माग राखेर चलिचत्रका निर्माता र निर्देशकले प्रदर्शन रोक्ने निर्णय लिएका हुन् । 


उनीहरूले दर्शकहरू बढिरहँदा पनि हलहरूले शो नदिएको गुनासो गरेका छन् । अर्कोतिर चलचित्र निर्माता र हल सञ्चालकबीच हुने सेयर बाँडफाँटलाई लिएर पनि उनीहरूले आपत्ति जनाएका छन् ।


‘विदेशी चलचित्रलाई बिना तर्क प्रशस्तै शोहरू दिने र दर्शकको अत्याधिक चासो भएको र दर्शकहरूले हेर्न खोजेका नेपाली चलचित्रलाई पनि आवश्यक शो नदिने प्रचलन पुरानै हो । पहिलो र दोस्रो हप्ता निर्माता र हल सञ्चालकमा हुने सेयर बाँडफाँड ५०–५० प्रतिशत हुन्छ । तर, तेस्रो हप्तादेखि निर्मातालाई ३५ प्रतिशत र प्रदर्शकलाई ६५ प्रतिशत सेयर बाँडिने कुरा पनि हामीले जाहेर गर्दछौँ । र, यो अन्यायपूर्ण व्यवहार निरन्तर जारी रहेको हुनाले हामीले प्रतिवाद गर्ने निर्णय गरेका छौँ, चलचित्र दिमाग खराबका निर्माता रौनक विक्रम कडेल र निर्देशक निश्चल बस्नेतले सामूहिकरूपमा जारी गरिएको विज्ञप्तिमा भनिकएको छ । 


उनीहरूले आफूहरूका माग पूरा नभएसम्म चलचित्र प्रदर्शन रोक्ने बताएका छन् ।