काठमाडौं । केकी अधिकारी र आँचल शर्माको फिल्म ‘झिंगेदाउ’को ट्रेलर सार्वजनीक भएको छ ।
ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको ट्रेलरमा अत्यन्तै मिल्ने दुई दाजुभाइको जीवनमा विवाहपछि आउने उतारचढावलाई प्रस्तुत गरिएको छ ।
ट्रेलरमा फिल्मका मुख्य कलाकार केकी, आँचल, मुकुन भुसाल, कुशल विष्ट, हिउँवाला गौतम लगायत चित्रित छन् । फिल्ममा केकी र आँचल जेठानी देवरानी र मुकुन र कुशल दाजुभाइको भूमिकामा छन् ।
भदौ १७ गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको फिल्म भीमनिधि तिवारीको नाटकमा आधारित छ ।