इटहरी । स्कुल थिएटरको १० औँ श्रृङ्खला सम्पन्न भएको छ । आइतबार र सोमबार गरी प्रदर्शन भएको स्कुल थिएटरको १० औँ श्रृङ्खला सम्पन्न भएको हो ।
नाटकमा सहभागी कलाकारहरूले ६ वटा नाटक प्रदर्शन गरेका थिए । नाटक ‘चर्चै–चर्चा’, ‘दाँतको दुःख’, ‘छोरी’, ‘ऐना’, ‘उल्टो बाटो’ र ‘रङ्ग’ नाटक प्रस्तुत गरिएको थियो ।
१५ दिनसम्म चलेको नाट्य कार्यशालामा सहभागी सबै कलाकारहरू स्कुले विद्यार्थी छन् ।
विद्यालय छुट्टीको समयमा रचनात्मक काम गर्न र नाटकमा सहभागी हुन प्रेरित गर्ने उदेश्यले झण्डै १५ वर्षयता कलालय इटहरीले नाट्य प्रशिक्षण गरी नाटक प्रस्तुत गर्दै आएको छ ।
विकास श्रेष्ठ, प्रजल दुलाल र राजा श्रेष्ठले नाट्य प्रशिक्षण गराएका थिए । कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीको नेतृत्वमा हरेक वर्ष स्कुल थिएटर सञ्चालन हुँदै आएको छ ।