राहदानी विभागमा एक पुरुषले गरे आत्मदाहको प्रयास

न्युजलय २५ असार २०८३, बिहिबार ०२:४१ मा प्रकाशित

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक पुरुषले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् ।

विभागको ३ नम्बर गेटअगाडि भएको उक्त घटनापछि प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाएको काठमाडौं प्रहरीले जनाएको छ ।

आत्मदाह प्रयास गर्ने व्यक्तिको परिचय र घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।