मेष । अरुको कुरा नसुनी आफ्नो कामलाई निरन्तरता दिने प्रयास गर्नुहोस्। स्वास्थ्यमा सुधार आउनेछ। विवादास्पद मामलाहरू सुल्झिनेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।
वृष । कारोबार विस्तारलाई लिएर योजनाहरु बन्नेछन्। सामाजिक गतिविधिमा धन खर्च हुनेछ। यात्रा गर्दा नचिनेका व्यक्तिहरूसँग सचेत रहनुहोस्। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन । परिवारमा वैचारिक मतभेदका योग छन्। महत्त्वपूर्ण कार्यमा बाधा आउला। अरुको कुरा सुनेर नयाँ निर्णय नलिनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
कर्कट । कार्यक्षेत्रमा व्यस्तता बढ्नेछ। आफन्तहरू मध्य रमाइलो समय व्यतीत हुनेछ। हजुरको सिधा वा सरल स्वभावको फाइदा अरूले उठाउलान सावधान रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
सिंह । मनोरञ्जन वा भौतिक सुख सुविधामा धन खर्च हुनेछ। जीवनसाथीको स्वास्थ्यमा सुधार आउनेछ। विरोधीहरू सक्रिय रहनेछन् सावधान रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
कन्या । विद्यार्थीहरूलाई परीक्षामा सोचे भन्दा राम्रो परिणाम मिल्नेछ। चलिरहेको पुरानो विवाद सुल्झिनेछ। आयस्रोत बढ्नेछ। माननीय जनहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।
तुला । ठेक्कापट्टा वा कृषिको क्षेत्रबाट लाभ आर्जन गर्न सकिएला। साहसिक कार्य गर्ने समय रहेको छ। सामाजिक गतिविधिमा रुचि बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक । शुभचिन्तकहरूको सल्लाहले महत्वपूर्ण कार्यहरू सजिलै सम्पादन हुनेछन्। नोकरी वा पेशामा उच्च अधिकारिहरूको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
धनु । आत्मविश्वासमा वृद्धि हुनेछ। व्यापार व्यवसायमा घरपरिवारबाट सहयोग मिल्नेछ। समय अनुसार चल्ने प्रयास गर्नुहोला। स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
मकर । स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। विरोधीहरू सक्रिय रहनेछन्। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक २ रहेको छ।
कुम्भ । प्राविधिक समस्याले कार्यक्षेत्रमा बाधा आउनेछ। परिस्थितिले गर्दा कार्यक्षेत्रमा पछि परिनेछ। सैद्धान्तिक विषयमा पक्ष मजबुत रहनेछ। खर्चमा वृद्धिले मन अशान्त रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
मीन । राजनीतिक प्रभावले महत्वपूर्ण कार्य सजिलै सम्पादन हुनेछन्। पारिवारिक सम्बन्धमा आत्मीयता बढ्नेछ। सोचविचार गरेर नयाँ लगानी लगाउनुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।
स्रोत हाम्रोपात्रो