इलाममा खोलाले जिप बगाउँदा दुई जनाको मृत्यु

न्युजलय २२ जेठ २०८१, मङ्गलबार ०४:५५ मा प्रकाशित

इलाम । इलामको चुलाचुली गाउँपालिका ५ मा रतुवा खोलाले जिप बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

इलामको लारूम्बाबाट दमक आउँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको थियो । जिपमा सवारमध्ये दुईजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले पुष्टि गरेको छ ।

बच्चा र महिलाको शव फेला परेको साथै जिपमा कतिजना सवार थिए भन्नेबारे यकिन भइनसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।