उर्लाबारी। मोरङको कानेपोखरी–रङ्गेली सडकमा टिपरको ठक्करबाट एकजना गम्भीर घाइते भएका छन् ।
दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको बा.प्र ०३–००१ क –०२७४ नम्बरको टिपरले कानेपोखरी–२ का ३५ वर्षीय रमेश दाहाललाई सोमबार बिहान ठक्कर दिएको हो ।
दाहालको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । सडकमा हिँडिरहेका दाहाल फरक क्षमताका व्यक्ति हुन् । गम्भीर घाइते दाहालको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ ।
दाहाललाई ठक्कर दिने टिपर र चालक जर्नल तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।