कच्चा तेलको मूल्य घटेको घट्यै, नेपालमा भने उस्तै

न्युजलय १५ मङ्सिर २०७९, बिहिबार ०८:५९ मा प्रकाशित

एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्ने क्रम जारी छ । बुधबार कच्चा तेलको मूल्य ८१ डलरभन्दा तल झरेको छ, जुन जनवरीयताकै न्यून स्तर हो। अमेरिकी कच्चाको भाउ पनि प्रति ब्यारेल ७४ डलरको नजिक पुगेको छ । 

पछिल्लो ८ महिनामा कच्चा तेलको मूल्य २७ प्रतिशतले घटेको छ । पेट्रोलियम विज्ञहरूका अनुसार ब्रेन्ट द्रुत गतिमा ७० डलरतर्फ गइरहेको छ। यसले पक्कै पनि पेट्रोल र डिजेलको मूल्य घटाउने छ । त्यसैले अन्तर्राष्ट्रिय बजारमा भाउ घटेको एक महिनापछि यसको प्रभाव देखिन थालेको छ ।

कच्चा तेलको भाउ घटिरहेपनि नेपालले भने सोअनुसार मूल्य घटाएको छैन ।