मोटरसाइकल दुर्घटना हुँदा हुलाक कर्मचारीको घटनास्थलमै मृत्यु

न्युजलय १० असोज २०८०, बुधबार ०१:२३ मा प्रकाशित

विराटनगर । मोरङको कटहरीमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।


पश्चिमतर्फबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाईकललाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।


विराटनगरबाट कटहरीतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ ख ००७७ नम्बरको ट्रकले को १३ प ३० नम्बरको कालो पल्सर मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।


मृतक हुलाक कर्मचारी चन्द्रमणी अधिकारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।