बढ्यो सुनको मूल्य

न्युजलय २७ साउन २०८१, आइतबार ११:२१ मा प्रकाशित

काठमाडौँ । आइतबार ञञसुनको मूल्य बढेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो  । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, आइतबार चाँदी १ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो ।