साबा महिला बास्केटबल च्याम्पियनसिप : नेपालद्वारा भुटान पराजित

न्युजलय १३ असोज २०७९, बिहिबार ०१:५२ मा प्रकाशित

काठमाडौं । साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले दोस्रो जित निकालेको छ । माल्दिभ्समा बुधबार भएको खेलमा नेपालले भुटानलाई ६५–२६ ले पराजित गरेको हो ।


यसअघि मंगलबार भएको खेलमा नेपालले श्रीलंकालाई ५५–४९ ले पराजित गरेको थियो । नेपाल आफ्नो पहिलो खेलमा भने आयोजक माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको थियो ।

 

प्रतियोगितामा ४ राष्ट्रको सभागिता रहेको यछ । शीर्ष टोलीले प्रतियोगिताको उपाधी जित्ने छ । नेपालको उपाधीको यात्रा भने अरु टोलीबीचको खेलमा निर्भर छ ।


यसपश्चात माल्दिभ्स र भुटान तथा श्रीलंका र माल्दिभ्सबीचको खेल बाँकी छ ।