देशभर डेंगु संक्रमितको संख्या ११ हजार नाघ्यो

न्युजलय ७ असोज २०८१, सोमबार ०१:३७ मा प्रकाशित

 काठमाडौं । हुम्लाबाहेक देशभरका सबै जिल्लामा डेंगु संक्रमण फैलिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विवरणअनुसार हाल हुम्ला बाहेकका देशभरका जिल्लामा डेंगु संक्रमितको संख्या ११ हजार पाँच सय ४५ जनामा पुगेको छ।

हालसम्म डेंगु रोगको संक्रमणबाट यो वर्ष ६ जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ। डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ। अझै २०–२५ दिन डेंगु संक्रमण तीव्र रूपमा फैलिने हुँदा सतर्कता अपनाउनु पर्ने महाशाखाका किटजन्य शाखा प्रमुख डा गोकर्ण दाहालले बताए।