२४ वर्षको उमेरमै क्रिकेटर हकको सन्न्यास घोषणा

न्युजलय ११ असोज २०८०, बिहिबार ०९:१९ मा प्रकाशित

काठमाडौँ । अफगानिस्तानका क्रिकेटर नवीन उल हकले २४ वर्षको उमेरमै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका हुन् । 


उनले सामाजिक सञ्जालमार्फत आफ्नो सन्न्यासको निर्णय सार्वजनिक गरेका हुन् । 


आईसीसी एकदिवसीय विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदै छ ।  दायाँ हाते मध्यम तेज गतिका बलर नवीन उह हकले आगामी विश्वकप लगत्तै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका हुन् । 


नवीन उल हकले हालसम्म अफगानिस्तानका लागि सातवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र खेलेका छन् । उनले सात एकदिवसीय खेलमा १४  विकेट लिएका छन् । टी—२० अन्तर्राष्ट्रिय प्रतियोगितामा भने उनले नियमित रूपमा सहभागिता जनाउँदै आएका छन् ।