काठमाडौं । विश्वकै पहिलो एग्रिकल्चर गेम रियालिटि शो को घोषणा भएको छ । कृषि, उद्दमशिलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको कार्यक्रमको विहिबार घोषणा गरिएको हो।
इ. स्क्वायर प्राइभेट लिमिटेडले आयोजना गर्न लागेको गेम रियालिटि शो मा एग्रिकल्चर र इन्टरटेनमेन्ट दुई विधाको संयोजनबाट एग्रिटेनमेन्ट को परिकल्पना गरिएको छ। यस शो मा दुई किसिमका प्रतिस्पर्धी किसान र कृषि प्राविधिकले भाग लिने बताइएको छ।
कार्यक्रमबाटै शोका सर्जक एवम् निर्देशक शैलेश कँडेल क्षेत्री, मास्टर होस्ट राजेश हमाल, ग्राण्ड जज का रुपमा डा. योगेन्द्र कुमार कार्की र डा.नम्रता पाण्डेलाई परिचित गराएको छ।
यो कार्यक्रमबाट आम समाजले कृषकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनेमा आफू दृढ रहेको हमालले बताए।
शोका निर्देशक शैलेश कँडेल क्षेत्रीले यो शो किसान र कृषि प्राविधिकहरु बीचको प्रतिस्पर्धा नभएको बताएका छन्। कृषि आधुनिकीकरणबाट मात्र नेपालको वास्तविक परिवर्तन सम्भव रहेको निर्देशक कंडेलले बताए।