काठमाडौं । चन्द्रमामा मानिस बस्न लायक ठाउँ फेला परेको छ ।
यी यस्ता खाडलहरू हुन् जहाँ मानिस बस्नको लागि उपयुक्त तापक्रम हुन्छ। यी खाल्डाहरू नासाको लुनार रिकोनेसन्स अर्बिटर (एलआरओ) को सहयोगमा पत्ता लगाइएको हो।
यी खाडल भित्रको तापक्रम १७ डिग्री सेल्सियस हुन्छ। यो त्यस्तो तापक्रम हो जसमा मानिस आरामसँग बस्न र काम गर्न सक्छ। अर्थात् भविष्यमा यस्ता खाल्डाभित्र मानव बस्ती स्थापना गर्न सहज हुनेछ ।
चन्द्रमामा मानव बसोबासका लागि यी खाल्डाहरू पत्ता लागेको अनुसन्धान प्रतिवेदन जियोफिजिकल रिसर्च लेटर्स जर्नलमा प्रकाशित भएको छ ।
चन्द्रमामा बस्न लायक यी खाल्डाहरू मेयर ट्रांक्वेलिटेटिस अर्थान सी अफ ट्रांक्विलिटीमा भेटिएका छन्। यी खाडल ३ सय २८ फिट गहिरो छन् ।
यी क्रेटरहरूको तापक्रम चन्द्रमाको बाँकी सतहबाट थोरै मात्र परिवर्तन हुन्छ। खासै फरक पर्दैन। नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरको एलआरओ परियोजनाकी वैज्ञानिक नोआ पेट्रोले चन्द्रमाको खाडल निकै अचम्मलाग्दो रहेको बताइन् । यदि तिनीहरूको तापक्रम स्थिर रह्यो भने, यहाँ मानव कोलोनी बन्न सक्छ।