इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहास्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्रीको मृत्यु भएको छ ।
पकलीबाट चतरातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ६६६२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बराहक्षेत्र–३ का ४५ वर्षीय लोकबहादुर पौडेलको मृत्यु भएको हो ।
घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा परेर मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–२ का ४० वर्षीय राजन धमला र पछाडि सवार २० वर्षीया बन्दना धमला घाइते भएका छन् ।
दुवै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।