२०७८ साल माघ ६ गते बिहिबार

साउथ फिल्मको ट्रेलरमा स्वस्तिमा खड्का (भिडियोसहित)

न्युजलय ३० पुस २०७८, शुक्रबार ०३:४९ मा प्रकाशित

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का अभिनित दक्षिण भारतीय फिल्म थिरिमालीको ट्रेलर सार्वजनिक भएको छ। 

फिल्ममा अनुबन्ध भएदेखि नै नेपालमा स्वस्तिमाको चर्चा चुलिएको थियो। ट्रेलरमा उनको इन्ट्री नृत्यबाट सुरु हुन्छ। फिल्ममा नेपालको थुप्रै ठाउँहरु देखाइएको छ। 

काठमाडौंबाहेक पोखरा र लुक्लासमेतको दृश्य ट्रेलरमा हेर्न सकिन्छ। राजिव सेट्टीद्वारा निर्देशित फिल्मको मिति भने सार्वजनिक गरिएको छैन।