व्यापारीहरुले लखेटे अनुगमन टोली : व्यवशाय चौपट भएको समयमा दुःख दिएको गुनासो

न्युजलय २५ असोज २०८०, बिहिबार ०२:०८ मा प्रकाशित

कञ्चनपुर । दशैंको समयमा बजार तथा व्यापार अनुगमन गर्न पुगेका कर कार्यालयका अधिकारी र अनुगमन टोलीलाई ठाउँ ठाउँबाट व्यवशायीहरुले प्रतिकार गर्न थालेका छन् ।


व्यापार व्यवसाय धरापमा परेको बेलामा अनुगमनका नाममा व्यापारीलाई पटक–पटक दुःख दिएको भन्दै सप्तरी प्रतिकार गरेका हुन् । दुई दिनअघि सिरहाबाट समेत कर कार्यालयका अधिकृत लखेटिएका थिए ।


घरेलु तथा साना उद्योग कार्यालय इलाका प्रशासन कार्यालय कञ्चनपुर, खाद्य प्रविधि कार्यालय, उद्योग बाणिज्य संघका प्रतिनिधि, उपभोक्ता मञ्च र पत्रकारको संयुक्त टोलीलाई कञ्चनरुप नगरपालिका ११ सिमराबाट न्यापारीहरुले लखेटेका हुन् ।


कञ्चनरुप नगरपालिका व्यापारीहरु समेत सयौंका संख्यामा सिमरामा जम्मा भएर विरोध गर्न थालेपछि अनुगमन टोली त्यहाँबाट फर्किन बाध्य भएको थियो । व्यापार व्यवसाय चौपट भएर बैंकको ब्याज समेत तिर्न नसक्ने स्थितीमा रहेका व्यापारीहरुलाई अनुगमनका नाममा दुःख दिएको भन्दै स्थानीय व्यवशायीले असन्तुष्टी पोखेका छन् ।


अनुगनम टोलीले बरमझियाको व्यापारीसँग अनुगमनका नाममा घुसमा पेडा लिएको व्यापारीहरुले आरोप लगाएका थिए । 


दुई दिन अघि सिरहाको मिर्चयाबाट पनि अनुगमन टोलीलाई ब्यापारीले लखेटेको थियो । सो क्रममा टोलीलाई प्रहरीले सुरक्षा दिएको थियो । स्थानीयले पूर्वपश्चिम राजमार्गमा सिरहा–मिर्चैया खण्ड मंगलबार अवरुद्ध पारेका थिए ।