काठमाडौं । मंगलबार नेप्से परिसूचक ३.९० अंकले घटेर २६५४.७५ को विन्दुमा कायम भएको छ ।
यसदिन ३०६ कम्पनीको १ करोड ६४ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६५ करोड बराबरको सेयर कारोबार भएको छ ।
आज सानिमा माई हाइड्रोपावरको ७४ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि बुटवल पावर कम्पनीको ६० करोड ३८ लाख रुपैयाँ र ङादी ग्रुप पावरको ४६ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।