उवासंघको पर्यटन समितिको माग, होटललाई विशेष सहुलियत देऊ’

न्युजलय १२ भदौ २०८०, मङ्गलबार ०७:२० मा प्रकाशित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको पर्यटन तथा हवाई यातायात समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलालाई भेट गरेको छ । 


समितिले होटल व्यवसायीका समस्याबारे उद्योग सचिवलाई ध्यानाकर्षण गराएको थियो । 


महासंघका उपाध्यक्ष हेमराज ढकाल र उक्त समितिका सभापति देशबन्धु वस्नेत (अजित)को नेतृत्वमा गएको उक्त समितिले होटल व्यवसायलाई उद्योग सरहको सुविधा प्रदान गर्न माग गरेको छ । 


उद्योग सचिव निरौलालाई ज्ञापनपत्र बुझाउँदै होटल क्षेत्रमा निजीक्षेत्रले ठूलो पुँजी लगानी गरी लाखौंलाई रोजगारीको अवसर प्रदान गर्नुका साथै राज्यमा ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गरेको बताउँदै उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गिकरण गर्न माग गरेको हो । यस्तै उत्पादनमुलक उद्योग सरह मान्यता दिन माग गरेको छ ।


यस्तै होटल व्यवशायलाई विद्युतमा सहुलियत र करमा विशेष छुट दिन माग गरिएको छ । यस्तै ऐनमा परिमार्जन गरी विदेशी लगानी भित्राउन सहज बनाउनसमेत माग गरिएको छ ।