काठमाडौँ । कुरिलोको मुल्य आकाशिएको छ । बेमौसमी तरकारी कुरिलो किलोकै २५ सयदेखि ९ हजार रुपैयासम्म किनबेच हुने गरेको छ । बेमौसममा माग बढेकाले महँगो भएको व्यवसायी बताउँछन् ।
महँगो र सजिलै बेच्न नसकिने हुँदा अर्डरअनुसार मात्र ल्याउनले गरेको व्यवशायीहरु बताउँछन् । सिजनमा २ सय ५० रुपैयाँसम्ममा पाइने कुरिलो बेमौसममा ९ हजार रुपैयाँसम्म पुग्ने गरेको उनीहरु बताउँछन् ।
कोरोनाका बिरामीलाई खुवाउन प्रयोग गरिएकाले पनि कुरिलोको माग बढ्दो छ । संक्रमितलाई चिकित्सक तागतिला खानेकुरा र अझ झोलिलो खान सल्लाह दिन्छन् । तागतिला झोलमा कुरिलोको प्रयोग उत्तम मानिएको छ । संक्रमित र उस्तै लक्षण देखिएकाको संख्या बढ्दा तागतिलो खाद्यपदार्थका लागि कुरिलोको माग उच्च भएको व्यापारी सुनाउँछन् ।