काठमाडौँ । इलेक्ट्रोनिक भेहिकल (ईभी) को भन्सार मूल्य यसपटक यथावत् राखिएको छ । वातावरण संरक्षण गर्न र विद्युतको व्यापार बढाउन भन्दै अर्थमन्त्री विष्णु पौडेलले यसलाई यथावत् राख्ने घोषणा गरेका हुन् ।
यसअघि ईभीको मूल्य बढ्ने हल्ला गरिएको थियो । जसको कारण व्यापारीहरूले नाफा कमाउनका लागि धेरै ईभी भन्सार जाँचपास गराएका थिए । तर, कर यथावत् भएपछि त्यसरी ल्याउने व्यापारीहरूले नाफा कमाउनु त परै जाओस्, बैंक ब्याज र राख्ने ठाउँ व्यवस्थापन गर्नुपर्ने भएका कारण थप नोक्सानी भोग्ने भएका छन् ।