इटहरीमा ग्रेस इन्टरनेशनल एजुकेसनको शाखा उद्घाटन

न्युजलय ९ चैत २०८०, शुक्रबार ०९:१५ मा प्रकाशित

इटहरी । ग्रेस इन्टरनेशनल एजुकेसनले इटहरीमा नेपालको लागि आफ्नो १६ औँ शाखा शुक्रबार खोलेको छ । इक्यान अध्यक्ष शेषराज भट्टराई, ग्रेस इन्टरनेसनल का डाइरेक्टर एन्ड्रियू पौडेललगायतले शाखाको उद्घाटन गरेका हुन् । 


इटहरीस्थित संगित चोकमा उद्घाटन गरिएको शाखाबाट विद्यार्थीलाई अष्ट्रेलिया, न्युजिल्यान्ड, युके, क्यानडा, युएसए, दक्षिण कोरिया, फ्रान्स, डेनमार्कलगायत युरोपियन देशहरूमा उच्च शिक्षा अध्ययन गर्न परामर्श र सहयोग पाउनेछन् । साथै टेस्ट तयारी कक्षाहरुसमेत सञ्चालन हुने इटहरी शाखाका प्रबन्ध निर्देशक आशीष दुलालले जानकारी दिए ।


ग्रेस इन्टरनेसनलको अष्ट्रेलियामा ८ वटा, भारतमा दुई वटा, केन्यामा २ वटा शाखा छन् ।