बढ्यो सुनको भाउ

न्युजलय २३ कार्तिक २०७९, बुधबार ०४:५८ मा प्रकाशित

  काठमाण्डौ । बुधबार (आज) सुनको भाउ एकैदिन तोलामा १४ सय रुपैयाँले बढेको छ । 

हिजो तीन सय रुपैयाँले घटेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको भाउ आज तोलामा १४ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुन तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै आज चाँदीको भाउ पनि बढेको छ ।

चाँदी आज तोलामा ३० रुपैयाँले बढेर एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भैरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।