काठमाडौं । चलचित्र ‘लाज शरणम’ मा समावेश गरिएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको र्यापले युट्युब ट्रेन्डिङको शीर्ष स्थान कब्जा गरेको छ ।
रिलिज भएको २० घण्टाभित्रै सो र्याप संगीत विधाको ट्रेन्डिङमा नेपालमा पहिलो नम्बरमा उक्लिएको हो ।
‘नेपाल हाँसेको’ बोलको र्याप बालेनकै युट्युब च्यानलबाट हिजो अपलोड गरिएको थियो ।
नयाँ र्याप अपलोडसँगै बालेनको युट्युब च्यानलमा सब्सक्राइबर्स ह्वात्तै बढेका छन् ।