राष्ट्रिय फुटबल टोलीको कार्यवाहक प्रशिक्षकमा प्रदीप हुमागाईं नियुक्त

न्युजलय २७ साउन २०७९, शुक्रबार ०१:४३ मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षकमा प्रदीप हुमागाईं नियुक्त भएका छन् । बङ्गलादेशविरुद्ध असोजमा हुने मैत्रीपूर्ण खेलमा प्रशिक्षण दिनेगरी अखिल नेपाल फुटबल संघ एन्फाले नियुक्त गरेको हो ।

 

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी कुबेतमै छन् । एन्फाको उनीसँग विवाद छ । कानूनी प्रक्रिया बढाएर एन्फाविरुद्ध जान लागेको सन्देश दिइसकेका छन् ।