यात्रुसहितको श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसेमैदान तिर गयो

न्युजलय १९ असोज २०७८, मङ्गलबार ०५:०३ मा प्रकाशित

काठमाडौं । मंगलबार९आज० बिहान पार्किङबाट रनवेतिर जाँदै गर्दा त्रिभुवन विमान स्थलमा श्री एयरलाइन्सको विमान चिप्लिएर घाँसेमैदान तिर गएको छ ।

यात्रुसहित नेपालगञ्जका उडान भर्न लागेको उक्त विमान घाँसे मैदानतिर गएको हो । जहाज चिप्लिएर घाँसे मैदानमा पुगे पनि यात्रु र जहाजलाइ कुनै पनि क्षति नगएको विमानस्थलले जनाएको छ । 

जहाज धावनमार्गमा नगएकाले विमानस्थल खुल्ला राखिएको छ।