काठमाडौं । मंगलबार (आज) सुनचाँदीको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो भने चाँदीको मुल्य २० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ९३ हजार ४ सय रुपैया र तेजावी सुनको मूल्य ९२ हजार ९ सय रुपैयाँले कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा ११ सय ८० रुपैयाँले कारोबार भईरहेको महासंघले जनाएको छ ।