झापामा २६ वर्षीय युवकले गरे पुरुषको हत्या

न्युजलय २ मङ्सिर २०८१, आइतबार ०३:१७ मा प्रकाशित

झापा । झापामा २६ वर्षीय युवकले एक पुरुषको हत्या गरेका छन् ।

बाह्रदशी गाउँपालिका–५ का ४५ वर्षीय गंगालाल माझीको हत्या भएको हो । स्थानीय २६ वर्षीय मानकुमार राजवंशीले रड प्रहार गर्दा माझी गम्भीर घाइते भएका थिए ।

माझीलाई उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न राजवंशीलाई हत्यामा प्रयोग गरिएको रडसहित पक्राउ गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।