इटहरी आउँदै गरेको हायस उदयपुरमा दुर्घटना, १० जना घाइते, दुई गम्भीर

न्युजलय २१ जेठ २०८१, सोमबार ०९:३२ मा प्रकाशित

इटहरी । काठमाडाैंबाट इटहरी आउँदै गरेको हायस उदयपुरमा दुर्घटना हुदा १० जना घाइते भएका छन् । घाइतेमध्ये दुइ जनाकाे अवस्था गम्भिर छ ।

तिब्र गतीका कारण दुर्घटना भएको अनुमान गरिएको छ । हायस सडकमै पल्टिएकाे थियो ।

घाइते हुनेहरूमा सुनसरीको रामधुनी २ झुम्का बस्ने वर्ष ५३ का होमनाथ ओझा, हायसका सह चालक इटहरी १७ कान्छीचोक बस्ने वर्ष २३ का सन्तोष बुढाथोकी, रामधुनी १ झुम्का बस्ने वर्ष ४० का नरेन्द्रकुमार चौधरी, मोरङ रतुवामाई नपा ५ घोपाबाद बस्ने वर्ष ४५ का होमनाथ अधिकारी रहेका छन् ।

यसैगरी इटहरी नपा ५ सिमरवना बस्ने वर्ष ३२ का रवि पाण्डे, रामधुनी ४ लालपुर बस्ने वर्ष ७० की राधा कार्की, रामधुनी २ झुम्का बस्ने योगेन्द्र कार्कीकी छोरी वर्ष १७ की अनिसा कार्की, सोही ठाउँकी वर्ष ७० की अमृतमाया कार्की, चालक सुनसरी जिल्ला रामधुनी नपा ४ मानपुर बस्ने वर्ष ३९ का टङ्क श्रेष्ठ र धरान ५ ठिङ्गाबारी बस्ने वर्ष २९ का  डिल्लीकुमार लिम्बु घाइते भएको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेस थापाले बताए । 


घाइतेहरूको उदयपुर अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि धरान पठाइएको र  दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि उनले बताए ।