काठमाडौ । चौधरी ग्रुप (सिजी) अन्तर्गत सिजी कर्प ग्लोबलको सिजी फुड्सले बलिउड अभिनेता आयुष्मान खुरानालाई वाई वाई चाउचाउको नयाँ ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
सिजी फुड्सको उत्पादन वाई वाई चाउचाउ २५ वर्षदेखि स्वाद पारखीका लागि नामुद छ। उसको उत्कृष्ट स्वादले सबैलाई आकर्षित गरिरहेको सिजीले जनाएको छ।
नयाँ ब्रान्ड एम्बासडर नियुक्त भएपछि बलिउड अभिनेता खुरानाले युवापुस्ताको मनमा २५ वर्षदेखि बस्न सफल वाई वाई चाउचाउजस्तो लोकप्रिय ब्रान्डसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।
त्यसै गरी सिजी फुड्स तथा सिजी कर्प ग्लोबल इन्डियाका प्रबन्ध निर्देशक वरुण चौधरीले बलिउड अभिनेता खुरानासँग वाईवाईका लागि सहकार्य गर्न पाउँदा गौरव महसुस भएको बताए।