नीता र हरिहर वैवाहिक बन्धनमा

न्युजलय २४ असार २०७९, शुक्रबार ०२:०० मा प्रकाशित

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र प्रेमी तथा ज्योतिषी हरिहर अधिकारी शुक्रबार(आज) वैवाहिक बन्धनमा बाँधिंदैछन् । अहिले काठमाडौंको याक एण्ड यति होटलमा वैवाहिक कार्यक्रम भइरहेको छ ।

वैवाहिक कार्यक्रममा निकट फिल्मकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित छन् । अरुलाई प्रवेश दिइएको छैन । चार वर्षदेखि प्रेम सम्बन्ध रहेको यो जोडीले सम्बन्धलाई दाम्पत्य जीवनमा परिणत गर्न लागेको हो ।