साहित्यकार दधिराज सुवेदीको निधन

न्युजलय १४ चैत २०८०, बुधबार ०१:४३ मा प्रकाशित

विराटनगर । विराटनगरका चर्चित साहित्यकार तथा प्राज्ञ दधिराज सुवेदीको निधन भएको छ।

विराटनगर महानगरपालिका–३ पोखरियाका ७८ वर्षीय साहित्यकार सुवेदीको बुधबार(आज) बिहान उपचारका क्रममा विराट शिक्षण अस्पतालमा निधन भएको हो।

प्रजातान्त्रिक समाज मोरङका सभापतिसमेत रहेका साहित्यकार सुवेदी विराटनगरको इतिहासका जानकार समेत मानिन्छन्। उनी साहित्यसँगै नेपाली भाषाशास्त्रका पनि ज्ञाता तथा नेपाल प्राज्ञ प्रतिष्ठानको सदस्य पनि भएका थिए।