झापामा ‘जेनजी’ आन्दोलनका क्रममा फरार दुई थुनुवा पक्राउ

न्युजलय २ मङ्सिर २०८२, सोमबार ०३:०४ मा प्रकाशित

झापा । ‘जेनजी’ आन्दोलनका क्रममा फरार भएका दुई थुनुवा पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय झिलझिलेबाट म्याद थप गरी अनुसन्धानमा राखिएका दुई थुनुवा पक्राउ परेका हुन् ।

उनीहरू जेनजी आन्दोलनका क्रममा गएको भदौ २४ गते हिरासतबाट फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, लागुऔषध मुद्दामा थुनामा रहेर अनुसन्धान भइरहेका शिवसताक्षी नगरपालिका–४ का २९ वर्षीय राजेन्द्र ताजपुरिया र सोही मुद्दाका ४० वर्षीय ननकिशोर साह फरार भएका थिए ।

इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले उनीहरूकै घरबाट पक्राउ गरी पुनः हिरासतमा ल्याएको हो ।