अचानक सदन बैठकमा पुगे प्रधानमन्त्री बालेन

न्युजलय ३० असार २०८३, मङ्गलबार ०१:५८ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह मंगलबार अचानक प्रतिनिधि सभाको बैठकमा सहभागी हुन पुगेका छन्।

सदनको कारबाही चलिरहेकै अवस्थामा प्रधानमन्त्री शाह संसद भवन छिरेका हुन्। विशेष गरी सांसदहरूले ‘शून्य समय’ र ‘विशेष समय’ मा समसामयिक तथा जनसरोकारका मुद्दाहरूमा आफ्ना भनाइ र आक्रोश राखिरहेका बेला प्रधानमन्त्री शाह संसद् बैठकमा प्रवेश गरेका थिए।

सदनमा पछिल्लो समय प्रतिपक्षी दलहरूले सरकारका नीति, सुकुमवासी व्यवस्थापन र सीमासम्बन्धी विषयलाई लिएर प्रधानमन्त्रीमाथि प्रश्न उठाइरहेका छन्। 

प्रधानमन्त्रीसँगै रास्वपा सभापति रवि लामिछाने पनि सदन पुगेका छन्।