आज कोशी प्रदेशमा वर्षा

न्युजलय २४ कार्तिक २०८१, शनिवार ०६:५१ मा प्रकाशित

काठमाडौं । आज पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण शनिबार बिहान कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।


शनिबार दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली, एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।


यसैगरी शनिबार राति  पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।