विराटनगर । मोरङमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। प
मोरङको ग्रामथान गाउँपालिका–२ मा कटहरीबाट झोराहाटतर्फ जाँदै गरेको मे१त ७०५९ नम्बरको ट्याक्टरको ठक्करबाट सोही गाउँपालिका–२ बस्ने १९ वर्षीय पैदलयात्री उपेश सरदारको बुधबार दिउँसो मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका सरदारको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।