काठमाण्डौ । मंगलबार(आज) छापावाला सुनको मूल्य प्रतितोला १६ सय रूपैयाँले बढेको छ ।
आज सुनको मूल्य एक लाख पाँच हजार सात सय रूपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। सोमबार प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १३ सय रूपैयाँमा कारोबार भइरहेको छ।